काठमाडौँ । माध्यमिक तहको शिक्षक पदका लागि आयोगले लिएको सामान्य परीक्षामा करिब आधा परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । आयोगले ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् । आयोगले चैत १८ गते सञ्चालन गरेको सामान्य तर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागी भएका थिए ।
प्रतिक्रिया