बेनेलीको ग्रर्याब द डिल ‘नयाँ सफर धमाकेदार अफर’

बेनेलीको ग्रर्याब द डिल ‘नयाँ सफर धमाकेदार अफर’



काठमाडौं । केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालि बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हो । इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ ।

यस अफरमा ग्राहकहरुले रु. ६०,०००/- सम्म छुट पाउन सक्छन् जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, FY २०८०/८१ को Road Tax सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् ।

यस अफरबाट तीन वटा फाइदा लिन सकिने छ:- रु.३५,०००/- नगद छुट, रु.१२,०००/- रकम बराबरको बेनेलीको हेल्मेट,v २०८०/८१ को Road Tax सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु ।

बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको छ ।

बेनेली सम्बन्धमा सन् १९११ मा स्थापित इटालियन दुई पाङग्रे सवारीसाधन बेनेली विश्वकै बलियो र स्पोर्टस् मोटरसाइकल उत्पादन गर्ने एउटा लोकप्रिय ब्राण्ड हो । बेनेलीको उत्कृष्ट प्रविधिले चालकहरुलार्ई सम्पूर्ण सुविधा, सुरक्षा र सवारीको आनन्द प्रदान गर्दछ । बेनेलीका चालकले सर्वोत्कृष्ट उत्पादनका साथै सन्तुष्टिको भावनात्मक नाता पनि स्थापित गर्न पुग्दछ । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी बेनेलीले निम्न मोडल र मूल्यका मोटरसाइकल नेपाली बजार ल्याएको छ ।