माबिलुङ्गग इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

माबिलुङ्गग इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट



काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले माबिलुङ्गग इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००/- अंकित दरका रु.१८,९०,५४,०००/- रकम बराबरको १८,९०,५४० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।