यस्ताे छ मन्त्रिपरिषद्ले गरेका १५ निर्णय

यस्ताे छ मन्त्रिपरिषद्ले गरेका १५ निर्णय


ग्लोब नेपाल
270
Shares

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल-भारत पेट्रोलिएम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते संयुक्त कार्यसमूहको बैठक आयोजना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पेट्रेलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक दुवैतर्फका सहसचिवस्तरीय हुनेछ । बैठकले लेखापरीक्षणमा बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गरेको छ ।

यस्तै, सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गर्दै शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको छ ।