१२ वर्षपछि पाकिस्तानबाट भारतमा उच्चस्तरीय भ्रमण हुँदै

१२ वर्षपछि पाकिस्तानबाट भारतमा उच्चस्तरीय भ्रमण हुँदै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी भारत भ्रमणमा जाने भएका छन् । उनी अर्को महिना भारतमा हुने सांघाई सहयोग संगठन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।

एससीओ एक क्षेत्रीय राजनीतिक र सुरक्षा समूह हो, जसका सदस्यहरू रूस, चीन, भारत र पाकिस्तान छन् ।

दुई दिने भेला मे ४ मा पश्चिम तटीय राज्य गोवामा हुनेछ । पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता बलोचले भनेकी छन्, ‘भुट्टो आफ्ना भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा एससीओ बैठकमा सहभागी हुनुहुनेछ ।’ बिलावल भुट्टो पाकिस्तानी राजनीतिमा आफ्नो ‘भारत विरोधी’ बयानबाजीका कारण हेडलाइनमा छाइरहन्छन् ।

पाकिस्तानबाट भारतमा उच्चस्तरीय भ्रमण १२ वर्षपछि हुन लागेको हो । यसअघि सन् २०११ मा तत्कालीन पाकिस्तानी विदेशमन्त्री हिना रबानी खारले भारत भ्रमण गरेकी थिइन् ।