काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
टीआरसी विधेयक, संवैधानिक परिषद्लगायतका विषयमा छलफल भइरहेको उनले बताए ।
प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेको थिएन।
परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग एक्लै छलफल गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ ।


प्रतिक्रिया