सिपाही

सिपाही




एक किलो हेल्मेट
दुई किलो बुट
र चार किलो राइफलको जीन्दगी ।
म बाचेँ भने
बाँच्ने छन् मेरा युग
बाँच्ने छन् आकाश, धर्ती…
बाँच्ने छन् मेरा इच्छा र आकाङ्क्षाहरु
बाँच्ने छन् परिवार र आफन्तहरु
तर
म बाँच्नुको लागि कायर हैन
युद्धमा
हरक्षण गुन्जिरहने
एम्बुस र गोलीको झङ्कार
हरघडी आँखामा नाचिरहन्छ
युद्धमा नम्बरी ढलेको दृष्य
र हरपल आइरहनछन् स्मृतिमा
प्रियसी–सम्झनाहरु
रेकर्ड भइरहेछन् यी सबै
जीन्दगीको रेकर्डरमा
जो सुनाउने छु तिमीलाई
यदि आएँ भने फर्केर युद्धबाट ।