परपम्परागत मन र मत दुवै फेरिएकाे छ: वाग्ले

परपम्परागत मन र मत दुवै फेरिएकाे छ: वाग्ले


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आइतबार तनहुँ-१ का मतदाताको परपम्परागत मन र मत दुवै फेरिएकाे बताउनुभएकाे छ ।

आइतबार बिहान उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मतदाताको परपम्परागत मन र मत दुवै फेरिएको उहाँकाे तर्क छ । नेपाली कांग्रेस त्यागेर रास्वपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नु भएका वाग्लेले परिस्थिति विगतको जस्तो नभएको बताउनुभयाे ।

गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ-१ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आइतबार उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा. वाग्लेसँगै कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र लगायत उम्मेदवार रहेका छन् ।