चितवनको एक केन्द्रमा मतदान प्रभावित

चितवनको एक केन्द्रमा मतदान प्रभावित


ग्लोब नेपाल
999
Shares

चितवन । चितवनको एक केन्द्रमा मतदान प्रभावित भएको छ ।

कमलकुसुम विद्यालयको मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै, घण्टी बजाउँदै मतदान केन्द्रमा प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।

दुवैपक्षबीच भनाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ । त्यसक्रममा केहि कार्यकर्ता पक्राउ समेत परेका छन् ।

विवाद देखिएपछि आयोगको एक टोली उक्त ठाउँमा जाँदै गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले जानकारी दिएका छन् ।