चितवन २ मा खस्यो ३७ प्रतिशत मत

चितवन २ मा खस्यो ३७ प्रतिशत मत


ग्लोब नेपाल
243
Shares

चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको जानकारी दिए ।

उनका अनुसार यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।