‘नेपालमा बन्ने सवारी साधन दर्ता गर्ने कानून बनाउ’

‘नेपालमा बन्ने सवारी साधन दर्ता गर्ने कानून बनाउ’


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बन्ने सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन निर्देशन दिएका छन्। आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको भन्दै प्रधानमन्त्रीले कानून बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशित गरेको छु।’