काठमाडौं । उपनिर्वाचनअन्तर्गत आइतबार तीन क्षेत्रमा भएको मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम निर्धारण गरेको थियो ।
मतदानको समय सकिए पनि केही केन्द्रहरूमा मतदाताहरू लाइनमा नै छ । ५ बजेअघि अघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने आयोगले जनाएको छ ।
आज चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे । निर्वाचन सकिएसँगै आजैबाट मतगणना सुरु गर्ने तयारी आयोगले गरेकाे छ ।
गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै तनहुँ र बाराबाट निर्वाचित सांसदहरु क्रमश राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएकाे छ ।


प्रतिक्रिया