चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।
चितवन-२ मा कुल एक लाख २४ हजार ६९५ मतदाता छन् । मंसिर ४ मा चितवन-२ मा ८४ हजार मत खसेकाे थियाे ।
मतदान सकिएसँगै सबै मतपेटिका संकलन गरेर भरतपुर ल्याउने र सबै पेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने बताइएकाे छ ।
चितवनका ४३ मतदानस्थलमध्ये भरतपुर-११ भाेजाडकाे नयाँ किरण मतदानस्थलमा तीन घण्टाजति मतदान राेकिएकाे थियाे । त्यसैगरी भरतपुर-७ काे कृष्णपुर मतदानस्थलमा पनि केहीबेर राेकिएकाे थियाे ।


प्रतिक्रिया