ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई पोर्टेबल फायर पम्प (फोटोफिचरसहित)

ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई पोर्टेबल फायर पम्प (फोटोफिचरसहित)


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पोर्टेबल फायर पम्प उपलब्ध गराएको छ । यातायात तथा दुर्गम क्षेत्रका लागि आगलागी तथा डढेलो नियन्त्रणका लागि उपयोगी मानिने पोर्टेबल फायर पम्प ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद रामहरि खतिवडाको पहलमा प्राधिकरणले सिद्धिचरण नगरपालिकालाई उपलब्ध गराएको हो ।

दुर्गम तथा यातायात सुविधा नभएको स्थानमा पोर्टेबल फायर पम्प उपयोगी ठानिएको छ । यो पम्प नेपालमा दुईवटा मात्र भएको बताइन्छ । एउटा पम्प प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखामा पठाएका छन् भने अर्को सांसद खतिवडाको पहलमा सिद्धिचरण नगरपालिकाले प्राप्त गरेको हो ।

ओखलढुंगामा हालै डढेलोले गम्भीर क्षति व्यहोरेको थियो । तत्काललाई नियन्त्रणमा आएको छ । यद्यपि विपद् जोखिम जहिले पनि रहने भएकाले पूर्व तयारीका लागि पम्प नगरपालिकालाई उपलब्ध गराउन जरुरी थियो, सांसद खतिवडाले भने, सिद्धिचरण नगरपालिकामा यो अत्यावश्यक थियो, त्यसैले मैले पहल गरेर उपलब्ध गराएकाे हुँ ।’

‘पोर्टेबल फायर पम्प’ हस्तान्तरण कार्यक्रममा सांसद खतिवडा र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र उपसचिव सुन्दरप्रसाद शर्माले नगरपालिकाका कर्मचारीलाई पम्प हस्तान्तरण गरेका थिए ।