काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी छ । संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेकाे बताइएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छ्न् ।
त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी छन् ।
एमालेले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गरिनुपर्ने भन्दै आएकाे छ । त्यस्तै विषयगत समितिको सभापतिमा समेत सहमतिका लागि एमालेले प्रस्ताव राखेको छ ।


प्रतिक्रिया