काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई कुल ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया