कांग्रेस नेता चौधरीद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस

कांग्रेस नेता चौधरीद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस



रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका हुन् ।

उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ सरकार गठनको लागि दिएको आज अपराह्न ४ बजेको समयसीमाअनुसार दाबी पेश भएको हो ।