एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्युटिकल्सबीच सम्झौता

एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्युटिकल्सबीच सम्झौता



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र एलायन्स फर्मास्युटिकल्स प्रालि (Alliance Pharmaceuticals Pvt. Ltd) बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिअाे (Roadmap for an IPO) एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा एलायन्स फर्मास्युटिकल्स प्रालिका तर्फबाट अध्यक्ष मनोहर दास मुल ले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा एनआइबिएल क्यापिटल तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा एलायन्सका तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको पनि उपस्थिती रहेको थियो।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल क्यापिटलले एलायन्स फर्मास्युटिकल्स लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा तथा पूँजि वृिद्धिमा आवश्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवश्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्नेछ ।

साथै सर्वसाधारणमा शेयर निष्काशन पूर्व कम्पनीलाई चाहिने आवश्यक पूँजि सकलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ र सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा विकी प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

एलायन्स फर्मास्युटिकल्स कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ र बारा जिल्ला सिमरा स्थित कारखाना बाट औषधी उत्पादन गर्दै आईरहेको छ । उक्त कम्पनिले उत्कृष्ट गुणस्तरीय औषधीयुक्त वस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधीयुक्त बस्तु उत्पादन कम्पनिको रुपमा स्थापीत हुन सफल भएको छ । साथै एलायन्स औषधी उत्पादन कुशल अभ्यास (GMP) प्रमाणित कम्पनि रहेको छ ।

NIBL Ace ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन (Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने ( Market Assessment & Feasibility), पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।