लागुऔषधसहित नौजना पक्राउ

लागुऔषधसहित नौजना पक्राउ



काठमाडाै । देशका विभिन्न स्थानबाट नाैजना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरकाे थाहा नगरपालिका-७ आग्रा बस्ने ६७ वर्षीय ईन्द्र बहादुर थिङलाई अवैध लागुऔषध गाँजा १ सय ७५ केजीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनको घरबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै सोही व्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ७६ वर्षीय भिम बहादुर थिङ र ३९ वर्षीय शिवराज थिङको घरबाट ३० वटा पोकामा रहेको २७ केजी गाँजाको धुलो फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । 

झापाकाे दमक नगरपालिका-१ दमक फन पार्क नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित कमल गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

दमक नगरपालिका-९ प्रणामी मन्दिर नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम, मोवाइल ३ थान, डिजिटल मेसिन १ थान र नगद ६० हजार ७ सय ५० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अस्बिन राई र अरुण दनुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीकाे धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 कैलालीकाे धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।