गणेश भट्ट अभिनित जीवन साथीको म्युजिक भिडियो सार्वजनिक

गणेश भट्ट अभिनित जीवन साथीको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । ‘जीवन साथी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो विन्दवासिनी म्युजिक प्रालिको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा चर्चित मोडल गणेश भट्टको दमदार अभिनय रहेको छ । उनलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन् ।

मित्र केसीको शब्द रचना रहेको गीतमा डा. शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ । गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ । मुकेश हुमागाईंको सिनेग्राफि रहेको गीतको निर्देशन शिवजी क्षेत्रीले गरेका छन् ।

म्युजिक भिडियोको छायाङ्कन कुलेखानी आसपासका रमणीय क्षेत्रमा गरिएको छ ।

‘फिल्मी गीतका रूपमा रहेको जीवन साथीको अभिनयका लागि मैले सकेको मेहेनेत गरेको छु । गीतले दर्शकको मन जित्ने विश्वास छ । यसअघिका म अभिनित सबै गीतलाई दर्शकले रुचाइदिनु भएको छ । यो गीतलाई पनि उहाँहरूले रुचाउने विश्वास लिएको छु,’ अभिनेता भट्ट भन्छन् । उनले रोमाञ्चक गीत भएकाले युवा पुस्ताको मनमा बस्न सक्ने विश्वास लिएका छन् ।

भिडियो