काभ्रेमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

काभ्रेमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते



काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं ४ स्थित सुँगुरेमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ८४१८ नम्बरको बस आइतबार दिउँसो २ बजे सुँगुरेमा दुर्घटनामा हुँदा १४ जना घाइते भएको प्रत्यक्ष दर्शी भरत ढकालले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । तीन जना घाइतेलाई उपचारका लागि धुलिखेल ल्याइँदैछ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

गुडिरहेको बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।