इमरान खानमाथि जबरजस्ती गरिएको छैन : पाकिस्तानी गृहमन्त्री

इमरान खानमाथि जबरजस्ती गरिएको छैन : पाकिस्तानी गृहमन्त्री



इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि कुनै जबरजस्ती नगरिएको भन्दै पाकिस्तानका गृहमन्त्रीले स्पष्टीकरण दिएका छन् । गृहमन्त्री राना सनाउल्लाहले इमरान खान कानुनी पत्र पठाएपछि पनि पेस नभएको र उनलाई राष्ट्रिय खजानामाथि क्षति पुर्‍याएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

उनले भने, ‘इमरान खान नोटिस पठाउँदासमेत पेस भएका थिएनन् । उनलाई राष्ट्रिय खजानाको क्षति गरेको आरोपमा पक्राउ गरिएको छ । उनीमाथि कुनै जबरजस्ती गरिएको छैन ।’

इमरान खानविरुद्ध मे १ मा पक्राउ पुर्जी जारी गरिएको थियो । उक्त पक्राउ पुर्जी नेशनल अकाउन्टिबिलिटी ब्युरोका अध्यक्ष लेफ्टिनेन्ट नजिर अहमदले जारी गरेका थिए ।

यसमा भनिएको थियो – इमरान खानमाथि एनएबी अध्यादेश १९९९ को धारा ९ ए अन्तर्गत भ्रष्टाचारको आरोप छ । गिरफ्तारीपछि अभियुक्तलाई सोधपुछका लागि अदालतमा पेस गरिने वारेन्टमा बताइएको थियो ।