पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पक्राउ

पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पक्राउ



इस्लामाबाद । पाकिस्तानका पूर्वविदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन् ।

पक्राउ पर्नुअघि एक भिडियो सन्देश जारी गर्दै कुरैशीले आफूले गलत काम नगरेको बताएका छन् ।

‘मलाई प्रहरी गिरफ्तार गर्न आएको छ । गिरफ्तारी दिनुअघि म एउटा सन्देश दिन चाहन्छु,’ भिडियोमा कुरैशीले भनेका छन्, ‘यो लडाइँ स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’

उनले पूर्वप्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन रोकिन नहुने पनि बताएका छन् । पूर्वप्रधानमन्त्री खान भ्रष्टाचार, आतकंवाद, अदालतको मानहानी, दंगालगायतको आरोपमा मंगलबार पक्राउ परेका थिए ।