सेयर बजार ३.३४ अंकले घट्याे

सेयर बजार ३.३४ अंकले घट्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सुचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ । 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.७१ अङ्कले घटेर ३५३.०९ विन्दुमा पुगेको छ । बिहीबार नेप्से सुचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ ।

यसअघि बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३  विन्दुमा आएर रोकिएको थियो ।  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । 

बिहीबारको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ ।