इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई ठूलो राहत दिएको छ । खानको पक्राउ गैरकानूनी तरिकाले गरिएको अदालतको भनाइ छ । यससँगै अदालतले खानलाई एक घन्टाभित्र पेश गर्न आदेश पनि दिएको छ ।
भविष्यका लागि उदाहरण प्रस्तुत गर्ने समय आएको र पाकिस्तानलाई जेल बन्न नदिने अदालतले धारणा राखेकाे छ । भ्रष्टाचारनिरोधी निकाय एनएबीले देशलाई बर्बाद गरेको अदालतले जनाएकाे छ ।
आफूलाई पक्राउ गर्न इस्लामाबाद उच्च अदालतले दिएको आदेशविरुद्ध इमरान खानले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
प्रतिक्रिया