खोटाङ । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
“मौखिक र लिखित उजुरी परेपछि हामीले राईलाई पक्राउ गरेका हौँ,” जिल्ला प्रहरी कार्यालयका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको हाे । राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गरेको सेतोपाटीमा बिहीबार समाचार प्रकाशित भएको थियो ।


प्रतिक्रिया