नेपालमा छिट्टै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं

नेपालमा छिट्टै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालमा छिट्टै अमेरिकी सेना आउन लागेको बताउनुभएको छ ।

शनिबार काठमाडौंको पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर उहाँले यस्तो बताउनुभएको हो । यहाँका नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरुको नाममा ट्रान्सफर गर्ने गरेको उहाँको भनाई थियो । उहाँले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डीमार्फत अवैधानिक रुपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गर्नुभयो ।

उहाँले अहिलेसम्म नेताहरुले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको बताउनुभयो । नेपालका राजनीतिज्ञ भन्दा आफू सय कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठिक छैन भनेको कुरालाई अहिले नेकपा एमालेले पनि प्रश्न उठाइरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो,-‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रुपमा पेमेण्ट भएको छ । बैंकहरुले हुण्डीमार्फत पठाएको छ । एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्यालेक्सी कम्पनी भन्ने हङकङमा छ । एउटा त्यसको एडभान्स रेमिट्यान्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ । मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन ? संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञ भन्दा यहाँ अब अमेरिकी सेना छिट्टै आउँदैछन् ।’

जनताले नेताहरुलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने समेत व्यवसायी प्रसाईंले को भनाई छ ।