सेयर बजारमा ३.२९ अंकले सुधार

सेयर बजारमा ३.२९ अंकले सुधार



काठमाडौं । नियमित ओरालो लागेको सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ । नेप्से परिसूचक ३.२९ अंकले घटेर १८२१.६० विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेको छ । नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ ।

यसदिन २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँमा खरिदबिक्री भयो । सोमबार ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ६४ करोड बराबरको मात्रै सेयर कारोबार भएको हो ।

आज आत्मनिर्भर लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । माया खोला हाइड्रोपावरको सेयर मूल्य ५.७० प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा एनआईसी एसिया शीर्षस्थानमा रह्यो । सो बैंकको ५ करोड १ लाख मूल्यको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको २ करोड ८८ लाख र नविल बैंकको २ लाख १६ हजार मूल्यको सेयर खरिदबिक्री भयो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो । बैंकिङ र अदर्श उपसमूहको सूचक ओरालो लाग्दा बाँकी उपसमूहको सूचक बढेको हो ।