माछा मार्न गएका युवक कर्णालीमा बेपत्ता

माछा मार्न गएका युवक कर्णालीमा बेपत्ता



सिमकोट । माछा मार्न गएका अदानचुली- २ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

बुढाको खोजी कार्यमा रहेका अदानचुली २ का राजबहादुर महताराले माछा मार्नेक्रममा बेपत्ता भएको बताए ।

जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता छन् । उनी हराएदेखि खोजि कार्य जारी छ ।

घटना सार्वजनिक हुने वित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, स्थानीयले कर्णाली नदीको किनारमा खोजि गरिरहेको भएपनि अहिलेसम्म भेटिएका छैनन् ।

वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढेका कारण खोजि कार्यमा समस्या भएको स्थानीयले बताएका छन‍् ।