अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी

अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी



काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ । प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दाबी गरेका हुन् ।

‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ, ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘आर्थिक परिसूचक सकारात्मक भएको छ । अर्थतन्त्र लयमा फर्केको छ ।’

त्यस्तै विप्रेषण पनि बढेको भन्दै नीति तथा कार्यक्रमले अर्थतन्त्रमा टेवा पुर्‍याउने उल्लेख छ । पछिल्लो समय देशको अर्थतन्त्र लयमा फर्कन नसकेको भन्दै आलोचना भइरहँदा सरकारले यस्तो दाबी गरेको हो ।

त्यसैगरी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सहकारी नीति परिवर्तन गरिने बताएका छन् ।

‘राष्ट्रिय सहकारी नीतिमा परिमार्जनसँगै अनुगमन र नियमन गरिने छ । बचत तथा लगानीको सदुपयोग सुरक्षा गर्न आवश्यक व्यवस्था मिलाइने छ,’ उनले भने ।