राप्रपा नेपालले बोलायो कार्य सम्पादन समितिको बैठक

राप्रपा नेपालले बोलायो कार्य सम्पादन समितिको बैठक


ग्लोब नेपाल
54
Shares

काठमाडाैं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज काठमाडौँमा बैठक बस्न लागेको हो । केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्रीहरू भास्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । कार्यसम्पादन समितिको बैठक पुतलीसडक स्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ ।