पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने



काठमाडौं । पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ ।

यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सेनाका ब्यारेकसहित संवेदनशील क्षेत्रमा आक्रमण भएको भन्दै रक्षा मन्त्रालयले त्यसको छानबिन भइरहेको र पार्टीमाथि नै प्रतिबन्ध लाग्न सक्ने जनाएको बीबीसी हिन्दीले जनाएको छ । देशव्यापी प्रदर्शन तथा आक्रमणकाे बारेमा पूर्वप्रधानमन्त्री खानले स्वतन्त्र छानबिनको माग गरेका थिए ।

देशव्यापी प्रदर्शनपछि पीटीआईका कैयौँ नेताहरूले पार्टी छाडेको घोषणा गरेका थिए । पाकिस्तानको एउटा अदालतले कम्तीमा यो महिनाभर पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्न रोक लगाएको छ ।