रौतहटको देवाही गोनाहीमा वृद्धको हत्या

रौतहटको देवाही गोनाहीमा वृद्धको हत्या



रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ स्थित करुनिया गाउँमा बिहीबार एक वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार हत्या हुनेमा ७० वर्षीय शेख तैयव रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले तैयवको हत्याबारे केही खुल्न नसकेको बताए । ‘गोली प्रहार हो वा अन्य कारणले भन्ने पोस्टमार्टमको प्रतिवेदन पछि मात्रै थाहा हुन्छ’, उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ । चाँडै हत्यारा पत्ता लाग्छ ।’

गाउँ नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयवको शव बिहान भेटिएको हो । तैयवको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको प्रहरिले जनायो ।

मृतकका आफन्तहरुले घटनाको गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।