बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री महत

बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उनले बताए ।

बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गर्दै उनले यसलाई कामले प्रमाणित गरिने बताए । १७ खर्बको बजेटमा पूँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पूँजीगत खर्च नघटाइयको उनले बताए ।