सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी रकम बोलकबोल गर्नुपर्नेछ । 

संस्थापक सेयरधनीहरुलाई सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ । यो अवधिभित्र संस्थापक सेयरधनीहरुले काठमाडाैँको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाएर खरिद आवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।