स्वीडेनको समुद्री क्षेत्रमा देखियो रुसको जासुसी ह्वेल

स्वीडेनको समुद्री क्षेत्रमा देखियो रुसको जासुसी ह्वेल



काठमाडौं । रुसको चर्चित जासुसी ह्वेल माछा स्वीडेनको समुद्री क्षेत्रमा देखिएको छ ।

सन् २०१९ मा नर्वेको समुद्री क्षेत्रमा देखा परेपछि उक्त बेलुगा ह्वेल चर्चामा आएको थियो । एचभाल्दिमिर नाम दिइएको सो ह्वेलललाई रुसी नौसेनाले प्रशिक्षण दिएको बताइन्छ ।

मानवमैत्री सो ह्वेलले नर्वेका नागरिकको समुद्रमा खसेको फोन फिर्ता गरिदिएको भिडियो खुबै भाइरल बनेको थियो । सो ह्वेल रुसी सेनाको चंगुलबाट भाग्न सकेको अनुमान छ ।

वान ह्वेल अर्गनाइजेसनका अनुसार उक्त ह्वेल आफ्नो प्राकृतिक बासस्थानबाट टाढासम्म पुग्नु आश्चर्यको विषय हो । अल जजिरा