बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान आजबाट

बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान आजबाट


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजवाट सुरु हुदैँछ । शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो । 

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजाे बयान लिएका थिए । 

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजवाट सुरु हुनेछ । महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए । सो प्रकरणमा मुछिएकाहरूकाे बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।