काँग्रेसले विश्वास गुमाइसक्यो : गगन थापा

काँग्रेसले विश्वास गुमाइसक्यो : गगन थापा


ग्लोब नेपाल
2.6k
Shares

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको कारणले पार्टीको बैठक बस्न नसकेको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभाग गठन गर्न पनि चासो नदिएको बताए ।

महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन । कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौँ ।’

उनले अहिले काँग्रेसले विश्वास गुमाएको टिप्पणी गरे । उनले भने, ‘भोट पाएको तर, विश्वास गुमाएको छ । भोट नपाएको भए त चुनाव कसरी जित्ने ? हामी अहिले ठूलो पार्टी छौँ, अस्तिमात्रै चुनाव जितेको । हामीले भोट पाएको अवस्था भएपछि त्यसको चिन्ता नगरौँ । अब विश्वासलाई पुनः स्थापित गर्‍यौँ भने भोट आफैँ आउँदो रहेछ । त्यसैले अब विश्वासको वातावरण बनाउने अहिलेको एकमात्रै सूत्र भनेको काँग्रेसलाई बदल्ने हो ।’

अहिलेको काँग्रेस पार्टी र नेतालाई जस्ताको तस्तै राखेर पार्टी नबन्ने थापाको भनाइ थियो ।