अहिले म घेराबन्दीमा छु : मन्त्री किराँती

अहिले म घेराबन्दीमा छु : मन्त्री किराँती



काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले आफू घेराबन्दीमा परेको बताएका छन् ।

शुक्रबार शिवप्रसाद घिमिरेको ‘शून्यबाट सुरु’, व्यापारबाट अपार पुस्तकको विमोचन गर्ने क्रममा उनले आफू मन्त्री भएपछि वनझाँक्रीको घेराबन्दीमा परेजस्तै भएको बताएका हुन् ।

उनले भने, ‘यहाँ आफूले घुस खान जान पर्दैन । घुस खुवाउन आफैँ आउँदा रहेछन् । यो कुरा मन्त्री भएपछि थाहा पाएँ । कस्तो मुलुक हो यो ? छक्क पर्छु ।’

हवाई क्षेत्रमा लगाइएको करमा पनि आफ्नो असहमति रहेकोसमेत उनले बताए । उनले भने, ‘बजेटमै लिएर मेरो असहमति छ। मैले सम्बन्धित निकायलाई भनिरहेको छु अर्थमन्त्रीसित त सानोतिनो आन्दोलनमै छु भने नि हुन्छ ।’

उनले भ्रष्टाचारको फाइल अझै खोल्दै जानुपर्ने बताए । उनले भने, ‘ह्वेल माछा समातिए पनि ह्वेल माछालाई भ्रष्टाचारको पौडी खेल्न सिकाउने ह्वेल माछाका बाउआमालाई पनि समाउनुपर्छ।’

पशुपतिको जग्गा खायो भन्नेलाई उनले भने, ‘म मर्दा पाँच फिट जमिन चाहिने हो । एक मुठी धुवाँ उडेर जाने हो । त्यसैले म गल्ती गर्दिनँ ।’