प्रधानमन्त्री दाहालले आज बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिट गर्ने

प्रधानमन्त्री दाहालले आज बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिट गर्ने


ग्लोब नेपाल
54
Shares

मुम्बई । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौथो दिनको बिहान पुरै ब्यस्त रहने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज बिहान १२ बजेसम्म ब्यस्त रहने भएका हुन । सो क्रममा उनले तीनवटा कार्यक्रम भ्याउने छन् । 

नयाँदिल्लीवाट हिजो महराष्ट्र अाएका प्रधानमन्त्री दाहालले बिहान भरी सुचना प्रबिधि सबन्धी कार्यालयको अवलोकन भ्रमण गर्नेछन । जसअनुसार महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सुचना प्रबिधि सम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन भने त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुनेछन । स्मरण रहाेस, इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मुर्तिको अफिस हो ।

शनिबार बिहान भरी नै ब्यस्त रहने प्रधानमन्त्री प्रचण्ड अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन । त्यसपछि अनाैपचारिक हुने प्रधानमन्त्री दाहाल साँभः ४ बजे नेपाल एअरलाइन्सकाे  बिमानवाट स्वदेश अाउने छन् ।