बालकृष्ण खाँणले दिए अदालतमा इन्कारी बयान

बालकृष्ण खाँणले दिए अदालतमा इन्कारी बयान


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् । जिल्ला अदालत, काठमाडौँमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् ।

खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान, हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

अदालतमा दिएको बयानका क्रममा खाँणले तत्कालीन गृह सचिव पाण्डेले बयानमा भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेटघाट भएको भन्दै खुलाएको कुरा झुटो भएको जिकिर गरेका छन् ।

उनले भने, ‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो । आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन । मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने ब्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो ब्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखितहरु राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो, उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’
हेर्नुहोस् यस्तो छ खाँणले दिएको बयान :