पुँजीगत लाभकर नै अन्तिम कर हुने भएपछि सेयर बजारमा उत्साह

पुँजीगत लाभकर नै अन्तिम कर हुने भएपछि सेयर बजारमा उत्साह



काठमाडौं । अर्थमन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो । 

आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने  स्पष्ट गराए । यसका लागि अर्थ मन्त्रालयले एउटा विज्ञप्तिसमेत जारी गरिसकेको छ । 

सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती जुटेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेख्य सुधार आएको छ । आज अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।

यससँगै, दिउँसो २ बजेसम्म नेप्से परिसूचक ४६ अंकले बढेको छ । समाचार तयार पार्दा सम्मको अवधिमा परिसूचक ४६ अंकले बढेर १९१३ अंकमा पुगेको छ ।

 सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका छन् । फलस्वरुपः सेयर बजार पनि बढ्न थालिसकेको छ । कारोबार पनि नियमित सुचारु हुन थालेको छ ।