काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ३२ लाख बढी कित्ता सेयर थपिएको छ ।
नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर थपिएको छ । यो लघुवित्तको कुल ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आरएमडीसीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । यो लघुवित्त गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया