कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने माओवादीको निर्णय

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने माओवादीको निर्णय



बिराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेकाे छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो ।

सोमबार बसेको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेकाे छैन ।

संसदीय दलको बैठक भोलि पनि बस्ने भएकाे छ । माओवादीका केही सांसद हिक्मतबहादुर कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने पक्षमा छैनन् भने केहीले फिर्ता लिनुपर्ने बताएका छन् । भोलिसम्ममा साझा मत बनाउने नेताहरु बताउँछन् ।