कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय



विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको हाे ।

जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

अब केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् । माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।

यद्यपि सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस प्रदेश सांसद कार्की बताउँछन् ।