प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ ।  बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ। सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिवार पनि छलफल जारी रहने भएको हो ।