अब एक घण्टाभित्र आफ्नो ट्वीट एडिट गर्न सकिने

अब एक घण्टाभित्र आफ्नो ट्वीट एडिट गर्न सकिने



काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ साइट ट्वीटरले एक अर्को नयाँ फिचरको घोषणा गरेको छ ।

अब प्रयोगकर्ताले कुनै ट्वीट गरेको एक घण्टाभित्र आफ्नो ट्वीटलाई संशोधन गर्न सक्नेछन् । बुधबार जून ७ देखि ट्वीटरमा यो फिचरको सुरुवात गरिएको जानकारी ट्वीटर ब्लू ले एक ट्वीटमार्फत गराएको छ ।

यद्यपि ट्वीटरको यो नयाँ फिचरबाट ट्वीटरका आम साधारण प्रयोगकर्ताहरु भने उत्साहित हुनुपर्ने छैन। किनकी यो सुविधा केवल ट्वीटर ब्लू सब्सक्राइबरहरुका लागि मात्र उपलब्ध हुनेछ ।

यसअघि ट्वीटरका सशुल्क प्रयोगकर्ताका लागि ३० मिनेटभित्रमा ट्वीट एडिट गर्ने सुविधा दिइएकोमा अहिले बढाएर १ घण्टा पूराइएको हो । ट्वीटर ब्लू नामक ट्वीटर अकाउन्टका फलोअर्सको संख्या ५ लाख ७१ हजार छ ।

ट्वीटरमा लामो समयदेखि भ्मष्त बटन थप गर्न माग भैरहेको थियो र एलन मस्कले ट्वीटर खरीद गरेसँगै त्यसलाई पूरा गरेका थिए । तर त्यो केवल सशुल्क प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ ।