डिएलए अध्यक्षमा केसी निर्वाचित

डिएलए अध्यक्षमा केसी निर्वाचित


ग्लोब नेपाल
189
Shares

चितवन । नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । डिएलए नेपालको ११ औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारीमतसहित  केसी बिजयी भएका हुन ।  

केसीले ४ जना प्रत्याशीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । उनले ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लक्ष्मीदेवी दाहाल रावलले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत पाए ।

एशोसिएसनको महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले अन्य ४ जनालाई पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले ३९५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धीले पूर्णप्रकाश बस्नेतले २३६ मत पाए ।