युक्रेनले तीनवटा गाउँ कब्जामा लिएपछि मनाए विजय उत्सव

युक्रेनले तीनवटा गाउँ कब्जामा लिएपछि मनाए विजय उत्सव


ग्लोब नेपाल
54
Shares

रुससँग लडाईं शुरु भएको झण्डै डेढ वर्षपछि प्रतिआक्रमणमा उत्रिएको युक्रेनले तीन वटा गाउँलाई रुसी कब्जाबाट मुक्त गरेको जनाएको छ । दक्षिण पूर्वमा रहेका तीन गाउँमा विजय हासिल गरेपछि युक्रेनी सेनाले उत्सव मनाएको दृश्य सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।

युक्रेनी उपरक्षा मन्त्रीले युक्रेनी सेनाले रुसी कब्जाबाट तीन वटा गाउँ मुक्त गरेको पुष्टि गर्नुभयो । हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रति आक्रमण शुरु गरेको पुष्टि गर्नु भएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले प्रति आक्रमण शुरु भएको पुष्टि गरेपछिको युक्रेनको पहिले जित हो । यद्यपी युक्रेनी सेनाले यस अघि पनि अन्य स्थान पुनः कब्जामा लिएका थिए । साथै सेनाहरु देशको दक्षिणी क्षेत्रमा अगाडि बढ्न थालेको बताइएको छ ।

युक्रेनी सेनाले गाउँहरु कब्जामा लिएको विषयमा मस्कोको अहिलेसम्म कुनै पनि प्रतिक्रिया आएको छैन । बरु यस क्षेत्रबाट युक्रेनी आक्रमण हटाउने कुरा भने गरेको छ ।