प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल हुँदै


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज (सोमबार)बस्दै छ । बैठकले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययनसम्बन्धी निर्णय गर्ने बताइएको छ । संवैधानिक परिषद्‌को गत वैशाख २५ गते, सोमबारको बैठकले सर्वोच्चका कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

आइतबार मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो । न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो । संवैधानिक परिषद्‌को गत वैशाख २५ गते, सोमबारको बैठकले सर्वोच्चका काम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

उजुरीमाथि छानबिन र त्यसउपर कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ । उमेर हदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ ।